• १ जेठ २०८१, मङ्गलबार

प्रतिनिधि सभातर्फ सात स्थानको मत परिणाम आउन बाँकी

blog

गच्छदार, खनाल र कार्कीको नतिजा आउँदै  

काठमाडौँ, मङ्सिर ११ गते । प्रतिनिधि सभातर्फको १६५ क्षेत्रमध्ये १५८ वटा क्षेत्रको मत परिणाम आइसकेको छ । रामेछाप १, सुनसरी १, ३, ४, उदयपुर १, धनुषा ४, इलाम १ क्षेत्रको मत परिणाम आउने क्रममा छ । 

निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्ममा प्रत्यक्ष तर्फको सबै नजिता आइसक्ने जनाएको छ । यता बाँकी मत परिणामतर्फ सुनसरी ४ बाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, इलाम १ बाट झलनाथ खनाल, सुनसरी ३ बाट विजयकुमार गच्छदारको नजिता आउन बाँकी छ ।

गणना बाँकी क्षेत्रमा चार स्थानमा काँग्रेस, दुई स्थानमा एमाले र एक स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता छ ।