टर्की, असार १७ गते । टर्कीले आफ्नो राजधानी अंकारामा २०२६ को नेटो नेताहरूको शिखर सम्मेलन आयोजना गर्ने भएको छ । टर्कीले जुलाईमा २०२६ को नेटो राष्ट्र प्रमुख र सरकार शिखर सम्मेलन आयोजना गर्ने आशा गरेको छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले राजधानी अंकारामा नेटो नेताहरूको आयोजना गर्न र धेरै महत्त्वपूर्ण निर्णयहरू लिनका लागि मैदान तयार गर्ने बताउनुभएको छ ।
उहाँले जुन २४–२५ मा द हेगमा आयोजित हालैको नेटो नेताहरूको शिखर सम्मेलनमा टर्कीको सहभागिताबारेमा विस्तृत रूपमा बताउनुभयो । टर्की १९५२ देखि नेटोको सदस्य रहेको छ र यसको सहयोगी भूमि कमान्ड मुख्यालयको आयोजक हो । सिन्ह्वाको/न्युज एजेन्सी नेपाल