• १७ असार २०८२, मङ्गलबार

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोलमा प्रतिलिटर पाँच रुपियाँ बढ्यो

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, असार १६ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज मध्यराति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपियाँले वृद्धि गरेको हो । 

यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर चार रुपियाँले वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६५ पुगेको छ । डिजल र मट्टितेल प्रतिलिटर १४९ रुपियाँ पुगेको छ । इण्डियन आयल निगमले आज पठाएको सूचीअनुसार यहाँ मूल्य वृद्धि गरिएको आइल निगमका पदाधिकारीहरुको भनाइ छ । 

यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको निगमले जनाएको छ ।