• १७ असार २०८२, मङ्गलबार

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

blog

स्पेनको सेभियामा प्रधानमन्त्री केपी शर्मा ओली र स्तोनियाका राष्ट्रपति अलार कारिस (बायाँ) बीच द्विपक्षीय भेटवार्ता हुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

स्पेन, असार १६ गते । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र स्तोनियाका राष्ट्रपति अलार कारिसबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

भेटका अवसरमा दुई मुलुकका बीचको आपसी सम्बन्ध र बहुपक्षीय हितका विविध विषयमा छलफल भएको थियो ।