• १६ असार २०८२, सोमबार

मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)

blog

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिर : केशब गुरुङ

काठमाडाैं, असार १६ गते । मन्त्रिपरिषद् बैठकले १५ निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यही असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकले १५ वटा निर्णय गरेको जानकारी दिनुभयो ।

मन्त्री गुरुङले सार्वजनिक खरिद पुनरवलाेकन समितिकाे अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट र सदस्यहरुमा पूर्वसचिवहरु राेहितकुमार विसुराल तथा थानेश्वर गाैतमलाई नियुक्त गर्ने निर्णय बैठकले गरेको बताउनुभयो ।

यसैगरी, बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानकाे रिक्त कार्यकारी निर्देशक पदमा रामशरण पुडासैनीलाई नियुक्त गर्ने निर्णय गरेकाे छ ।

मन्त्री गुरुङले विदेशी विनिमय विधेयक तर्जुमाकाे लागि सिद्धान्त स्वीकृत गर्ने, सम्पत्ति व्यवस्थापन विधेयक तर्जुमाकाे लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय बताउनुभयाे ।