• १ जेठ २०८१, मङ्गलबार

रामेछापबाट काँग्रेसका कान्छाराम विजयी

blog

नवराज श्रेष्ठ

रामेछाप, मङ्सिर ११ गते । रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी हुनुभएको छ । तामाङले नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गर्नुभई उहाँ विजयी हुनु भएको छ । 

८८ हजार ६८० मतमा तामाङले ४७ हजार ९८ मत पाउनुभएको छ भने ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको औपचारिक घोषणा गर्न भने बाँकी नै छ ।