• ८ वैशाख २०८१, शनिबार

धनुषा ४ को (ख) मा एमालेका महतो विजयी

blog

धर्बेन्द्र झा
धनुषा, मङ्सिर १३ गते ।
धनुषा निर्वाचन क्षेत्र नं.४ को प्रदेशसभा (ख) मा नेकपा (एमाले)का हरिनारायण महतो निर्वाचित हुनुभएको छ ।

उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार एवम् मधेश प्रदेश सरकारका उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतोभन्दा एक हजार ३४२ मत बढी ल्याएर विजयी हुनुभएको हो ।

हरिनारायणले १७ हजार ३०२ मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी शत्रुधनले १५ हजार ९६० मत प्राप्त गर्नुभएको छ ।