• १५ चैत २०८०, बिहिबार

सुनसरी क्षेत्र नं. ३ (ख) प्रदेश सभामा यादव विजयी

blog

प्रदेश सभातर्फ नेकपा एमालेका रामदेव यादव विजयी भएपछि । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, मङ्सिर १३ गते । सुनसरीको निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा ३० वर्षपछि नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन् । यस क्षेत्रमा प्रजातन्त्र स्थापनादेखि लगातार नेपाली कांग्रेसले जित्दै आएकोमा यसपालि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य दुवैतर्फ नेकपा एमालेका उम्मेदवारहरू विजयी हुनुभएको हो । 

यहाँको निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा प्रदेश सभा सदस्यमा एमालेका रामदेव यादव निर्वाचित हुनुभएको छ । एमालेका उम्मेदवार यादवले १९ हजार ४७९ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेंसका विन्देश्वर यादवले १८ हजार ८९१ मत ल्याउनुभयो ।