• १२ साउन २०८१, शनिबार

इलाम १ ‘क’ मा एकीकृत समाजवादीकी लङ्वा विजयी

blog

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), मङ्सिर १२ गते । इलाम – १ को प्रदेश सभा ‘क’ मा प्रदेश १ की संस्कृति तथा पर्यटनमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)की नेतृ खिनु लङ्वा (लिम्बू) विजयी हुनुभएको छ । 

लङ्वाले नेकपा (एमाले)की शोभा पराजुलीलाई एक हजार नौ सय ७६ मतान्तरले पराजित गर्नुभएको हो ।  लङ्वाले १३ हजार तीन सय ७० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेकी शोभा पराजुलीले ११ हजार तीन सय ९४ मत प्राप्त गर्नुभयो । 

प्रत्यक्षको मतगणना हिजै सकिए पनि निर्वाचन अधिकृतको कार्यालयले समानुपातिकको मतगणना सकेर आज मात्र अन्तिम परिणाम सार्वजनिक गरेको छ । यस  क्षेत्रमा २९ हजार ४ सय ९६ मत खसेको थियो । अघिल्लो निर्वाचनमा समेत एमालेका तर्फबाट सोही क्षेत्रबाट विजयी बन्नुभएको थियो । पार्टी विभाजनपछि उहाँ एकीकृत समाजवादीतिर लागेर मन्त्रीसमेत हुनुभयो । स्थानीय स्तरमा विकासप्रेमी नेत्रीको रुपमा आफूलाई स्थापित गर्न सफल लङ्वा लोकप्रिय मतका साथ विजयी बन्नुभएको हो ।