• २१ असार २०८२, शनिबार

म सेयर पेलाडी

blog

खेल खेलेर खिलखिलाउन पाउने वा रमाउन पाउनेहरू खेलाडी हुन् भने खेलको मारले थिचिने, हारैहारको कण्ठमालाले मिचिनेहरू चाहिँ पेलाडी हुन् । खेलमा यत्ति दुई पक्ष मात्रै हुँदैनन, लिङ्ग भेदमा तेस्रो लिङ्गी भए जस्तै खेलमा तेस्रो खेलाडी पक्षको पनि मितिमितिमा उपस्थिति रहन्छ, त्यो हो झेलाडी । पोट परे पनि चित्त परे पनि जित मेरै हो भनेर छाती ठोक्दै दायाँ हातले कौडा र बायाँ हातले तोडा सोहोर्ने झेलाडीको कित्तामा पर्छन् । अक्सर खेलाडी र झेलाडी हँसमुख हुन्छन् । पेलाडी चाहिँ रुन्चे मुख हुन्छन् । यीमध्ये म चाहिँ पेलाडीको कित्तामा पर्ने जेठो, बाठो र चनाखो मनुवा हुँ वा भनौँ सेयर पेलाडी हुँ ।

मेरो गौरवपखाली इतिहास हेर्दा ४० को दशकलाई मस्तक नुगाउँदै याद गर्नुपर्ने हुन्छ । डिल्लीबजारको सेक्युरिटी केन्द्रमा सेव्रmेटली जाने र आरामसाथ फाराम भरेर दस्तखत ठोकेपछि त्यतिबेला पोल्टाभरि सेयर थाप्न पाइन्थ्यो । पछि पछि सेयर दिने केन्द्रलाई भाग्योदय गराउने इन्द्र ठान्न थालियो र केन्द्रलाई लावालस्करको घेरेन्द्रमा पार्न थालियो । बिस्तारै केन्द्र विकेन्द्रित हुँदै गए पनि सेयर सप्लाइका बेला अप्लाई गर्न लस्कर एकत्रित हुँदै जान थाले । आइपिओको आह्वान हुँदा सात दिन सात रात अखण्ड जागराम बसेर निद हराम गर्दै खट्न पर्ने दिन उदाए । यस्तो बेला फाराम भर्दा बाह्र वर्षअघि सिलटिमुर खाएका बाजेबजै र नवासी वर्षपछि जन्मने सम्भावना भएका नातिनातिनाका नाममा पनि नहिच्किचाई सेयर माग गर्दै फर्जी दरखास्त भरेर सँगसँगै बुझाइयो । अनि थोरैधेरै सेयरका कित्ता कुम्ल्याउने पौरख पनि गरियो र अनुहारमा रौनक छरियो । अहिलेचाहिँ नजन्मेका नातिनातिना नाताका सेयर खाता नभए पनि सांसारिक हिसाबकिताब चुक्ताचुक्ति गरी मुक्ति पाइसकेका बाजेबजैका नामका सेयर खाता धडाधड चलाइएकै छ । कतै यो साह्रै जाती खुराफाती कामको इतिमिति हुने हो कि भन्ने डरले कलेजो काँपिरहेकै छ । यति विधि खुराफाती गर्दा पनि नजाती के लाग्छ भने सेयर अलोटमेन्टको एक इन्टरटेनमेन्टयुक्त एचिवमेन्ट लिनका लागि बाउन्न हप्ताभन्दा बढी कुर्नुपर्ने अवस्था विद्यमान् छ, हाजिर छ । आइपिओको सेयर पाउनु भनेको स्यालको सिङ भेट्नु जस्तै दुर्लभ भएको छ । जति पटक अप्लाइ गरे पनि धकेलाइका साथ सेयर नपाउनेको सूचीमा उछिट्टिनुपर्दा रनाहामा परेर तोरीको फूल देखिन्छ र त्यसै त्यसै कालजिरोको खिचडी मनभरि पाकिरहन्छ ।

एक÷दुई हजार जनाको दरखास्तको फेहरिस्त तयार पार्नेहरू सोह्र लाखभन्दा बढीको एप्लिकेसनलाई ड्कुमेन्टेसन र अथेन्टिकेसन गर्नुपर्ने भएको छ । सत्र जनाको दरखास्तको दस्तुर पूरा गर्न पहिले पूरै सात दिन खर्च हुन्थ्यो, अहिले सय जनाको दरखास्त दर्ता गर्न सय मिनेट पनि खर्च हुँदैन । प्रविधिले फड्को मारेको देखेर बाँडफाँटमा सेयर नपरेको बखत पनि मेरो एउटा आँखा आँसुले टिलपिल गर्छ, अर्को आँखा खुसीले धिपधिप गर्छ ।

बेला बेला मनमा गन्ट्यौना खेल्छन्, कौडीमा जग्गा किनेर करोडमा बेच्ने दलाल बन्न किन्न सकिएन होला ? १५ मा किनेको माल ५० मा बेच्ने जादुगरी कलासहितका व्यापारी बन्न किन नसकिएको होला ? यो धनी बन्ने मृगतृष्णा बोकेर पुँजी बजारको रोजगार अँठ्याउन के दशा लागेर पुगिएछ कुन्नि ?

सरकारी जागिरको प्राइमरी आम्दानीले गुजारा नचलेको र सेकेन्डरी आम्दानीको चर्तिकला गर्ने कला चाहँदाचाहँदै हासिल गर्न नसकिएको पीडाको रन्कोले रनथनिएर गन्ने मान्ने सेयरधनी हुन सेकेन्डरी सेयर बजारमा नछिरी धरै पाइएन । साँढेले झैँ सिँगौरी खेल्छु भनेर दोस्रो बजारमा पाइला त सारियो तर तिरिमिरी झ्याइँ गर्न तम्सेको यस मनुवाले पेडा थोरै, भेल्टा धेरै खायो । त्यसैले त खेलाडीको साटो पेलाडीमा नाम दरियो ।

४० रुपियाँको चारकुने रुमाल किन्न पनि चार सुका सस्तो पाइन्छ कि भनेर ८४ दोकान चाहार्ने, एक मुठा साग किन्न १० जना खर्पने सागबेचुवा व्यापारीसित भाउ बुझ्ने म जन्डो जगरसेँठ पेलाडी सेयर बजारमा दुई चार पेटी महँगा भए पनि ‘सेयर उठाऊँ’ भन्दै होमखाडीमा हाम फाल्ने गर्छु । सूचना दिने होमेले जति पटक डामे पनि म बबुरो जुको टाँसिए जस्तै एउटै होमेसित टाँसिँदै आएको छु ।

सेयर बजारमा हरियाली आउँदा खुसियालीले अँगाल्छ र म चुइँकटको मन पगाल्छ । अनि श्रीमतीलाई सुनकै झलकदार जलप लागेको सुनौलो पारी भएको हरियै बनारसी सारी किनिदिने इच्छाले मन कुतकुत्याउँछ । सेयर बजारमा लाल झन्डा फरर फर्किन थाल्यो भने चाहिँ मन धरर धर्किन थाल्छ र घाउ चरर चर्किन थाल्छ । यस्तो बेला औडाहा भएर श्रीमतीका सबै राता फरिया कैँचीले काटेर धजा धजा पार्न मन तम्सिन्छ ।

दोस्रो बजारमा पस्न नयाँ जोगीले झैँ बाक्लो खरानी घस्न पछाडि परिएन । खरानी घस्नका लागि मेरी रानीले बिहेको मण्डपमा औँलीमा घुसारीदिएको पौने दुई आनीको औँठी स्वयम्वरको पनि बेचियो, आमाको नाकको बुलाकी पनि थुतियो तैपनि केही लछारपाटो लागेन । 

मलाई नफापिरहेको पापी सेयर बजारको साटो बरु हाटबजारमा गएर खर्पनेसित उधारोमा तीन रुपियाँमा किनेका सागका कल्लीहरू १३ रुपियाँ नगदमा बेचेको भए आजसम्म १६ तले गौँथली गुँड ठडिइसक्थ्यो । यो बजिया बजारमा बाजी थाप्दाथाप्दै बाजेका पालाको जम्माजम्मी साढे चार सय रोपनीको लिगापातबाट आना चारसमेत नराखी बोल कबोलको चाँजोपाँजोमार्फत सिन्कीको मोलमा साहुहरूलाई सुम्पिइयो । यसमध्ये डेढ सय रोपनि त तीन सय रोपनीको पुर्जा छँदाछँदै सुकुमवासी हुँ भनेर हुकुमवासीलाई सुकामानु घिउले वर्षभरि नुहाइदिएबापत बाजेले राज्यबाट फुकालेका थिए । वारेन बफेटले ‘अरू डराउँदा लोभिन र अरू लोभिँदा डराउन’ दिएको अर्तीलाई उल्टापाल्टी गरियो । १२ वर्ष सेयर पुराण पढे पनि बफेट कसका पोइ हुन् भन्ने ठम्याउन चाहिँ सकिएन । धन्न आफू दिनदिनै सीता खुवाउनेको एक मात्र पोइ हुँ भन्ने चाहिँ बिर्सिइएको छैन ।

नेप्से चरमचुलीमा हुँदा आगलागी झुपडी डेढ घडी भद्रा भन्ने उखानको बखान गर्दै कुनै भद्रा नहेरी उफ्री उफ्री सेयर किन्दै डामिने साइत जुराउन दौडन्छु अनि नेप्से ओरालिएर तल्लै तल्लो विन्दुमा पुगेपछि उफ्रिँदै किनेको सेयर थच्चिँदै थच्चिँदै बेच्छु । हर्षद मेहताको किस्सा पढुवा पनि मै हुँ, बाँदर बेचुवा र किनुवाको कथा सुनेको मनुवा पनि मै हुँ तर जतिजति पाठ पढे पनि सोह्र दुना आठको पहाडा घोकुवामा आफ्नो नाम उच्च सम्मानसाथ लेखाउने होसहरुवा पनि मै हुँ भन्ने सही कुरा यहाँ गर्वका साथ सबैलाई पढाउन र बताउन चाहन्छु ।

मेरो दाबी के छ भने गाउँको सेयर हाटबजारमा खुट्टो नचाउने पहिलो अगुवा नटुवा मै हुँ । यसो भनेर मैले जति छाती ठोके पनि मेरा छिमेकी जाबो सुका पैसा खर्च नहुने ताली पनि मेरा लागि ठोक्न किन तयार हुन्नन् ? मलाई आश्चर्य लाग्छ, ताज्जुब लाग्छ । मेरो चरम बिल्लीबाँठ होउन्जेल पनि मेरा लागि सलाम वा ताली ठोकिएन भनेर नालिस दायर गर्ने मेरो दह्रो कार्ययोजना छ । मैले सेयरको हाटमा मुन्टो छिराउन सुरु गर्दा पाइप लाइनमै बसेका लाइफ लाइनमा आएर अहिले फुल अप्सनको इभी गाडी चढी चढी बतासिने भइसके । म लठुवा तीन पुस्ताले फटालेको गाडीमा घस्रीपस्री लत्रिरहेको छु । आलु खाएर पेडाको धाक लगाउनेहरूले पेडा खाएर घ्याम्पो जत्रो भुँडी पारिसके । म डुकुलन्ठक सुकेनास लागेर फुकी ढल भएको छु । पेटीका पेटी घाटा दिलाएको खेती स्याहार्दा स्याहार्दै पनि धन्न यो एकमुठी सास आजसम्म त धानिरहेकै छु तर कुन दिन सिलिफ्याँट हुने हो थाहा छैन ।

यस बजारमा भित्र बाहिर गर्नुभन्दा साउन महिनामा स्वयम्भूको डाँडामा गएर पण्डालमा पण्डापण्डीहरू भेला पारी कोटीहोम लगाएको भए चुत्थै पनि ३३ कोटी दाम झ्वाम पार्न सकिन्थ्यो र नाम पनि कमाउन सकिन्थ्यो होला । सेयरबजारमा लागेर भने दाम गुमाउँदै गुमनाम हुन पुगिएको छ । कमिलाको काल आएपछि पखेटा पलाउँछ भन्छन् । मेरो भने सङ्कटकाल आएपछि सेयर किन्ने रहर पलाउँछ । मैले बुलिसमा फुलिस हुँदै उचालिएर सेयर किनेपछि भाउ भासिन्छ भने बियरिसमा बियरको चुस्की लिँदै सेयर बेचेपछि भाउ आकासिन्छ । त्यसैले यस दुखियाको हिर्दय त्यसै त्यसै अतासिन्छ अनि दुई पैसाको मेरो मन्द बुद्धि कता कता बतासिन्छ ।

आफू कमचोर सरकारी कर्मचारी हुँदाका बखत सेवाग्राहीलाई सात घण्टा कुराएर कम्प्युटरको स्व्रिmनमा सेयर बजारलाई स्व्रmोल गर्दै खुबै कुदाइयो, मनपरी गरियो । अहिले जागिरबाट घोव्रmेठ्याक पाएपछि भने सेवाग्राहीको साटो लाटी सोझी श्रीमतीलाई मर्म पारी पारी भान्साघरमा कुराउँदै छु र आफूचाहिँ हावादारी सेयर खबरमा हराउँदै छु । झ अबको बारी यति अङ्क पारी ञ भन्ने हल्लाबाजी सुनेर मनको लड्डु घिउसित जति क¥यापे पनि कुनै दाल भने हालसम्म गलाउन सकेको छैन ।

सय जना साहुसँग महिनामारी सय कडा पाँच तिर्ने सर्तमा ऋण लिएर पोर्टफोलियोको आकार बढाउँछु । अनि बढ्ने मूल्यको कल्पनामा मुख रसाउँदै आफ्ना कुदिन निम्ताउँछु । न सूचकाङ्क बढ्ने, न कारोबारको पोकोपुन्तरो बढ्ने न त आफ्नो उम्मेद नै बढ्ने अवस्थाबाट गुज्रँदा भने पुर्पुरो समाउँदै थचक्क बस्न पुग्छु । ऋणको भारीले ठसठस कन्दै बित्ते पाइला सार्दै गरेको अवस्थामा आफू ताक्छु मुढो बन्चरो ताक्छ घुँडोको अवस्था आइलाग्छ । यस्तै सकसका बेला भान्सामा तरकारी र चाराको भकारी रित्तियो भनेर श्रीमतीले सातो खान्छिन्, यता ऋणको भाका सिद्धियो भनेर साहुहरूले ठिङ्गुराउनका लागि बाटो ढुक्छन् । उनीहरूले थाल खाम कि भात खाम गराउँछन् र सकसकाललाई मेरो छेउ पु‍¥याउँछन् । सरकारी नेताले जस्तो कहिले टकटिक (टिकटक) बेठिक कहिले ठिक भनेर दहीचिउरे वा भनौँ दुईजिब्रे कुरा गर्न पनि म जान्दिनँ । म तातो पिँडालु निल्नु न ओकल्नुको दुर्दशामा जाकिन्छु, अनि त ऋणपान गरेर डेढ सय दरमा किनेका कित्ता गलफासो बन्न पुगेको ठहर गर्दै पौने सयमा मिल्काउँछु । तीर कमान समाउन नजान्नेले बजारिया तारोबाज बनेको ध्वाँस देखाउने आस गरेपछि नाफा न प्राप्ति भुँडीमा बतास नभएर के पो हुन्थ्यो र ?

ऋण गरेर तीन थुर्मी घिउ आन्द्रामा हुल्न नसकेको म जस्तो पिलन्धरे मनुक्खे के खान सेयरको पोर्टफोलियो बढाउन तम्से हुँला भनेर मनमनै आफैँलाई धारे हात लगाउँछु अनि हर्रो नपाउने भिखारी जोगी जाइफलको भोगी हुने रहर किन गरेछु भनेर आफैँलाई सत्तोसराप गर्छु । 

 मेरो दुर्गति देखेर जोरिपारिका र वरिपरिकाहरू मैले नदेख्ने गरी काखी बजाउँछन् र देख्ने गरी कटाक्ष गर्छन् । एकदिन एक जनाले ट्वाव्रmाक्कै कटाच्छे गरे ( झझ हजुर, के नाम, आज नाति केटाले आफ्नो पुस्तकबाट के नाम सप्रसङ्ग व्याख्या गरिदिनुहोस् भनेर एउटा प्रश्न तेर्सायो (झमान्छेले के नाम) कति के गरे पिइसके बजार नै तनतनी ।

हाम्रा मित्तुर (के नाम) मक्ख छन् अझ पनि छामी जनै कन्दनी ।। के नाम तपाईं साहित्यमा सिपालु हुनुहुन्छ, लौ लौ गरिदिनोस् त व्याख्या । ञ ञ

उनको खिसीट्युरीयुक्त वव्रmोक्ति सुनेपछि मलाई हनहनी ज्वरो आउला झैँ भयो, फनफनी रिँगायो र सनसनी चाँदोमा रिसको चिङ्गारी तिरमिरायो । कमजोर मान्छेको थुतुनो र डुँडुलो सँगसँगै चल्ने हुनाले मेरा हात सकसकाए र उनको कन्चट थप्पडैथप्पडले सेक्न कस्सिए तर बर्कत नपुगेर आफैँ दिवङ्गत हुनुपर्ने हो कि भन्ने डरले रिस थाम्दै झ यसको जवाफ पछि दिउँला ञ भनेर लुते कुकुरले पुच्छर लुकाए झैँ गरी मैले मैदान छोडेँ । अनि रणभूमि हुन थालेको थलोलाई शान्तभूमि नै रहन दिने चेष्टा गर्दै म त्यहाँबाट अलपिएँ ।