• ८ वैशाख २०८१, शनिबार

प्रत्यक्षतर्फको प्रदेशस्तरीय नतिजा

गठबन्धनलाई सुविधाजनक बहुमत

blog

काठमाडौँ, मङ्सिर १२ गते । सातै प्रदेशमा मतगणना अन्तिम चरणमा पुग्दा प्रदेश सभामा सत्ता साझेदार पाँच दलबीच समझदारीकै आधारमा सरकार गठन हुने सम्भावना देखिएको छ। निर्वाचनको अन्तिम परिणाम आउन बाँकी रहे पनि प्रदेश सभातर्फ निर्वाचित सांसद सङ्ख्या र समानुपातिक मतका आधारमा सत्ता साझेदार दलहरूबीच संयुक्त सरकार गठन हुने देखिएको हो। 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चासँगै चुनावी गठबन्धनमा आएको लोकतान्त्रिक समाजवादी पार्टीले मङ्सिर ४ गतेसम्म निर्वाचनको नतिजाअनुसार सुविधाजनक बहुमत प्राप्त गरेका छन्। नेकपा (एमाले)ले केही प्रदेशमा प्रत्यक्ष र समानुपातिकमा अग्रता लिइरहेको छ। तर सत्ता साझेदार दलबीचको समझदारीअनुसार प्रदेश सरकार गठन हुँदा एमाले प्रतिपक्षमै बस्नुपर्नेछ। २०७८ असार २९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि सत्ता साझेदार दलहरूको संयुक्त सरकार सञ्चालन हुँदै आएको छ।

प्रदेश १ मा गठबन्धन अगाडि

प्रदेश नं. १ मा प्रत्यक्षतर्फ ५६ सिटमध्ये ४४ निर्वाचन क्षेत्रको परिणाम आएको छ। एमालेले २२ सिटमा जित र तीन स्थानमा अग्रता लिइरहेको छ। कांग्रेसले १३ सिटमा जित र चार स्थानमा अग्रता लिइरहेको छ। माओवादी केन्द्रले छ सिटमा जित र तीन स्थानमा अग्रता लिइरहेको छ। एकीकृत समाजवादीले एक सिटमा जित र दुई स्थानमा अग्रता लिइरहेको छ। समानुपातिकतर्फ एमालेले चार लाख ९५ हजार ४७२ मत पाएको छ। यस्तैगरी कांग्रेसले चार लाख २५ हजार ४७२ मत पाएको छ। राप्रपाले एक लाख ५३ हजार ५०८ मत, माओवादी केन्द्रले एक लाख ४५ हजार ३१० मत प्राप्त गरेको छ। जसपाले ४९ हजार ८६८ मत प्राप्त गर्दा एकीकृत समाजवादीले ४५ हजार ३८३ मत पाएको छ। 

मधेशमा कांग्रेसको पुनः उदय 

मधेश प्रदेश सभामा प्रत्यक्षतर्फ ६४ सिटमध्ये ६१ सिटको नतिजा सार्वजनिक भएको छ। कांग्रेसले १३ सिट जितेको छ। एमालेको १३ मा जित र दुई सिटमा अग्रता छ। जसपाले आठ सिटमा जित र एक सिटमा अग्रता लिइरहेको छ। लोसपाले सात सिट जितेको छ। जनमत पार्टीको ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ४–४ सिट जितेका छन्। सत्ता गठबन्धन समर्थितसहित छ जना स्वतन्त्र निर्वाचित भएका छन्। समानुपातिकतर्फ कांग्रेसले दुई लाख ९० हजार ७९२ मत प्राप्त गरेको छ। एमालेले दुई लाख ४७ हजार ९०, जसपाले १ लाख ९६ हजार ५१४, जनमत पार्टीले १ लाख ७८ हजार ६१, माओवादी केन्द्रले एक लाख १४ हजार ८२८, एकीकृत समाजवादीले ८४ हजार २१९ र लोसपाले ६९ हजार १०६ मत प्राप्त गरेका छन्। 

बागमतीमा गठबन्धन सुरक्षित

बागमती प्रदेशमा प्रत्यक्षतर्फ ६६ मध्ये ६२ सिटको नतिजा सार्वजनिक हुँदा कांग्रेसले २३ सिट माओवादी केन्द्रका उम्मेदवार पूर्वमन्त्री मातृकाप्रसाद यादवलाई पराजय गर्नुभएको छ। उहाँहरूबीच पाँच हजार ९४८ को मतान्तर छ। कार्कीले २७ हजार ४३१ मत प्राप्त गर्नुभएको थियो भने यादवले २१ हजार ४३१ म्त प्राप्त गर्नुभयो। २०७४ सालको निर्वाचनमा कार्की यादवसँग पराजित हुनुभएको थियो। इनरुवा समाचारदाताका अनुसार सुनसरीक्षेत्र नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणनाका लागि निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दर्ता गराउनुभएको छ। यहाँको मतगणना शनिबार दिउँसोबाट स्थगित भएपछि पुनः मतगणनाको काम सुचारु गर्ने विषयमा दुई पटक सर्वदलीय बैठक बसे पनि सहमति हुन नसक्दा गणना सुरु हुन सकेको छैन। सदरमुकाम इनरुवास्थित भगवती माध्यमिक विद्यालयमा शनिबार साँझ र आइतबार बिहानदेखि मध्याह्नसम्म दुई पटक सर्वदलीय बैठक बसेको थियो।