• १४ वैशाख २०८१, शुक्रबार

बारा–१ मा एमालेका अच्युत मैनाली निर्वाचित

blog

बारा, मंसिर १ गते । बारा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का अच्युत मैनाली निर्वाचित हुनुभएको छ । उहाँले ३९ हजार एक सय ९५ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनुभएको हो । 

उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमाकान्त चौधरीले  ३० हजार ५६ मत ल्याउनुभयो । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार तीन सय १८ मत प्राप्त गर्नुभयो । विसं २०७४ मा चौधरीले मैनालीलाई पराजित गर्नुभएको थियो ।