• १२ पुस २०८१, शुक्रबार

नुवाकोट २ बाट काँग्रेस नेता केसी विजयी

blog

काठमाडौँ, मङ्सिर १० गते । प्रतिनिधि सभा सदस्यमा नुवाकोट २ बाट वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार अर्जुननरसिंह केसी निर्वाचित हुनुभएको छ । केसीले २८ हजार १ सय ७ मत ल्याएर विजयी हुनुभएको हो । 

निर्वाचन अधिकृत कार्यालयका अनुसार निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४ सय ७७ मत ल्याउनुभएको थियो ।  यस्तै नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार पाँच सय ६१ मत ल्याएका छन्। विजयी हुनुभएका केसी काँग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री हुनुहुन्छ भने पार्टीको पूर्व सह महामन्त्री भइसक्नुभएको छ ।