• १२ वैशाख २०८१, बुधबार

नवलपरासी २ (ख) मा कांग्रेसका कलवार निर्वाचित

blog

गोपी ज्ञवाली 

नवलपरासी, मङसिर ९ गते । पश्चिम नवलपरासीको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार बैजनाथ कलवार निर्वाचित हुनु भएको छ । 

नवलपरासीको लुम्बिनी प्रदेश सभा २ (ख) बाट लोकतान्त्रिक समाजवादी पार्टीका नगेन्द्र अग्रहरीलाई पछि पार्दै कांग्रेसका उम्मेदवार बैजनाथ कलवार निर्वाचित हुनु भएको निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले बताउनुभयो । 

मतगणना सुरु भएदेखि नेतृत्व गर्दै आउनुभएका कलवारले आफ्ना प्रतिस्पर्धी अग्रहरीलाई  १ हजार ६८९ मतान्तरले पछि पार्दै विजयी हुनुभयो । निर्वाचित कलवारले ११ हजार ७३६ मत पाउनुभयो । उहाँका प्रतिस्पर्धी अग्रहरीले १० हजार ४७ मत पाउनुभयो ।  

कलबार बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रूपमा उम्मेदवारी दिनुभएको थियो ।