• १५ वैशाख २०८१, शनिबार

कास्की १ (क) मा एमालेका खगराज अधिकारी विजयी

blog

सन्तोष सुवेदी
कास्की, मङ्सिर ९ गते ।
कास्की निर्वाचन क्षेत्र नम्बर १ को (क) मा नेकपा (एमाले)का खगराज अधिकारी विजयी हुनुभएको छ । अधिकारीले नेकपा (माओवादी केन्द्र)का दीपक कोइरालालाई तीन हजार ९९६ मतले पछि पार्दै विजयी बन्नुभएको हो ।

अधिकारीले १५ हजार ६२३ मत ल्याउँदा कोइरालाले ११ हजार ६२७ मत प्राप्त गर्नुभयो । कोइराला यस अगाडि गण्डकी प्रदेश सदस्य हुनुहुन्थ्यो भने अधिकारी सङ्घीय संसदमा सदस्य हुनुहुन्थ्यो ।