• ६ वैशाख २०८१, बिहिबार

मोरङ ३ (क)मा कांग्रेसका मानबहादुर लिम्बू विजयी

blog

मोरङ ३ (क)मा विजयी मानबहादुर लिम्बू । तस्बिर : हरि कोइराला

हरि कोइराला
उर्लाबारी, मङ्सिर ९ गते ।
मोरङ ३ (क)मा नेपाली कांग्रेसका उम्मेदवार मानबहादुर लिम्बू विजयी हुनुभएको छ । लिम्बू १८ हजार २८६ मतका साथ विजयी हुनुभएको हो ।

प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि संंयुक्त लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका लिम्बूले  नेकपा (एमाले)का उम्मेदवार दिलीपकुमार राईलाई पराजित गर्नुभएको हो । राईले १३ हजार ८५८ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन कार्यालय बेलबारीले घोषणा गरेको अन्तिम मत परिणाम अनुसार राप्रपाका तीर्थबहादुर गुरुङले छ हजार ६४१ मत प्राप्त गर्नुभएको छ ।

मङ्गोल नेशनल अर्गनाइजेनका रामचन्द्र गुरुङले एकहजार ८३६ मत, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिनेश राइले एक हजार १६५ मत,स्वतन्त्र धनबहादुर बस्नेतले ५५८ मत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामभक्त विश्वासले ९० मत प्राप्त गर्नुभयो ।