• १५ वैशाख २०८१, शनिबार

मोरङ ५ (क)मा कांग्रेसका मण्डल र (ख)मा अर्याल विजयी

blog

हरि कोइराला
उर्लाबारी, मङ्सिर ९ गते ।
मोरङ क्षेत्र नं. ५ (क)मा नेपाली कांग्रेसका उम्मेदवार गयानन्द मण्डल विजयी हुनुभएको छ । उहाँले १४ हजार ८४३ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, मोरङ ५ (ख)मा कांग्रेसका अमृतकुमार अर्याल विजयी हुनुभएको छ । अर्यालले १६ हजार १०२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का जयराम यादवले १० हजार ८२५ मत प्राप्त गर्नुभएको छ ।