• १२ साउन २०८१, शनिबार

प्रदेश सभामा सुनसरी २ (क) मा एमालेका भण्डारी विजयी

blog

सचिन पोख्रेल

इटहरी, मङ्सिर ९ गते । सुनसरीको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) तर्फ नेकपा (एमाले) का रेवतीरमण भण्डारी विजयी हुनुभएको छ । उहाँले नेकपा माओवादी केन्द्रका द्वारिकालाल चौधरीलाई पराजित गर्दै विजयी हुनुभएको हो । 

एमाले सुनसरीका अध्यक्ष समेत रहनुभएका भण्डारीले १४ हजार ५२८ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी चौधरीले ११ हजार ८४५ मत प्राप्त गर्नुभयो । उहाँहरूबीचको मतान्तर २ हजार ६८३ रहेको छ । यस्तै, राप्रपाका मोहनबहादुर खत्रीले ९ हजार ३२२ मत प्राप्त गर्नुभयो ।