• १२ वैशाख २०८१, बुधबार

नवलपरासी २ मा राप्रपाका ध्रुवबहादुर प्रधान विजयी

blog

गोपी ज्ञवाली
नवलपरासी, मङ्सिर ९ गते ।
पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ध्रुवबहादुर प्रधान विजयी हुनुभएको छ ।

राप्रपाका केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका प्रधानले ३४ हजार ९५९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले १९ हजार ५९४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले बताउनुभयो ।

प्रधानले कँडेललाई १५ हजार ३६५ मतान्तरले पराजित गर्नुभएको हो । यसैगरी, नेकपा (एमाले)का उम्मेदवार दीपेन्द्रकुमार अधिकारीले १४ हजार ४९८ मत प्राप्त गर्नुभएको छ ।