• १६ चैत २०८०, शुक्रबार

कास्की १ मा एमालेका मनबहादुर विजयी

blog

सन्तोष सुवेदी
कास्की, मङ्सिर ९ गते ।
कास्की १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का मनबहादुर गुरुङ विजयी हुनुभएको छ । उहाँले निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरदत्त बराललाई दुई हजार ५१९ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

गुरुङले २५ हजार ७०८ मत प्राप्त गर्नुभएको छ भने बरालले २३ हजार १८९ मत प्राप्त गर्नुभएको छ । गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य  रहनुभएका गुरुङ एमाले कास्की सभापति हुनुहुन्छ । बराल कास्की कांग्रेस सभापति हुनुहुन्छ ।