• १३ वैशाख २०८१, बिहिबार

कैलाली–५ प्रदेश सभा (क) बाट माओवादीका धामी निर्वाचित

blog

प्रकाशविक्रम शाह/अविनाश चौधरी

धनगढी, मङ्सिर ९ गते । कैलाली निर्वाचन क्षेत्र नं. ५ प्रदेश सभा (क) बाट नेकपा (माओवादी केन्द्र) का रमेश धामी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । 

आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नेपालु चौधरीलाई १२४ मतको झिनो मतान्तरले पराजित गरी उहाँ प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । 

अहिले पराजित चौधरी यसअघि २०७४ को निर्वाचनमा यही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने, धामी डिल्लीराज पन्तसँग प्रदेश सभा सदस्यमा पराजित हुनुभएको थियो ।