• १६ चैत २०८०, शुक्रबार

उदयपुर १ को (क)मा माअ‍ाेवादी केन्द्रका राजन किराँती विजयी

blog

भक्तिविलास पोखरेल
गाईघाट, मङ्सिर ९ गते ।
 उदयपुरको निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (क) बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राजन किराँती १५ हजार ९२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुशलबाबु बस्नेतले १३ हजार ८४९ मत प्राप्त गर्नुभएको उदयपुरका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनुभयो ।

उदयपुरको चौदण्डिगढी नगरपालिका वडा नं ७ निवासी ४७ वर्षीय किराँती नेकपा (माओवादी केन्द्र) १ नम्बर प्रदेश कमिटी सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज हुनुहुन्छ ।

विसं. २०५७ देखि खम्बुवान राष्ट्रिय मोर्चाबाट राजनीतिक यात्रा सुरु गर्नुभएका किराँती यस अघि पनि पनि दुई पटक उदयपुर १ मा माअ‍ाेवादी केन्द्रको तर्फबाट संविधानसभा सदस्यपदमा उम्मेदवार बन्नुभएको थियो ।