• ७ वैशाख २०८१, शुक्रबार

मोरङ ४ (ख) मा कांग्रेसका भीम पराजुली विजयी

blog

हरि कोइराला
उर्लाबारी, मङ्सिर ९ गते ।
प्रदेशसभा सदस्यअन्तर्गत मोरङ ४ (ख) मा नेपाली कांग्रेसका भीम पराजुली विजयी हुनुभएको छ ।

पराजुलीले नेकपा (एमाले)का उम्मेदवार एवम् प्रदेश नं.१ का पूर्व मन्त्री जीवन घिमिरेलाई पराजित गर्नुभएको हो । पराजुलीले ११ हजार ४७९ मत प्राप्त गर्नुभएको छ भने घिमिरे नौ हजार ६९१ मत प्राप्त गर्नुभएको छ ।

राप्रपाका माधवप्रसाद आचार्य ६ हजार ९३५ मत प्राप्त गर्नुभएको छ । यस्तै, जनता समाजवादी पार्टीका सञ्जयकुमार सिंहले एक हजार ४६०, हाम्रो नेपाली पार्टीका प्रवेश पाण्डेले ७३५, स्वतन्त्र उम्मेदवार पशुपति माझीले ४३४, अर्का स्वतन्त्र उम्मेदवार भीमबहादुर राजवंशीले ४२७, लोकतान्त्रिक समाजवादी पार्टीकी नासिन खातुनले १६० र मङ्गोल नेशनल अर्गनाइजेशनका शुभराज राईले ५५ मत प्राप्त गर्नुभयो ।