• ८ वैशाख २०८१, शनिबार

मोरङ ५ मा स्वतन्त्र उम्मेदवार मण्डल विजयी

blog

हरि कोइराला
उर्लाबारी, मङ्सिर ९ गते ।
मोरङको निर्वाचन क्षेत्र नं. ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी हुनुभएको छ । उहाँले वाम गठबन्धनका उम्मेदवार शिवकुमार मण्डललाई चार हजार ३३४ मतान्तरले पराजित गर्नुभएको हो ।

स्वतन्त्र उम्मेदवार योगेन्द्रले २१ हजार ८२० मत प्राप्त गर्नुभएको छ भने शिवकुमारले १७ हजार ४८६ मत प्राप्त गर्नुभएको छ ।  मोरङमा नेकपा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएपछि मण्डल एमालेमा विद्रोह गरी उम्मेदवार बन्नुभएको थियो ।