• ८ वैशाख २०८१, शनिबार

सिराहा–३ मा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित

blog

जीबछ यादव

लाहान, मङ्सिर ९ गते । सिराहा–३ बाट पूर्वमन्त्री लीलानाथ श्रेष्ठ विजयी हुनुभएको छ ।   एमालेका उम्मेदवार पूर्व कानुन न्याय तथा संसदीय मामिला व्यवस्थामन्त्री श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गरी विजयी हुनुभयो । 

उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा पूर्व शान्तिमन्त्री समेत रहनुभएका विश्वनाथ साहले २६ हजार ८८२ मत प्राप्त गर्नुभयो ।