• ७ वैशाख २०८१, शुक्रबार

सङ्खुवासभामा कांग्रेसका दीपक खड्का निर्वाचित

blog

ध्यान कुलुङ

सङ्खुवासभा, मङ्सिर ९ गते । प्रतिनिधि सभातर्फ सङ्खुवासभामा नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्का निर्वाचित हुनुभएको छ । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका खड्काले ३२ हजार १५८ मत प्राप्त गरी विजयी बन्नुभएको हो ।

उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार राजेन्द्र गौतमले २६ हजार ७१९ मत प्राप्त गर्नुभएको छ । गौतमलाई खड्काले ५ हजार ४३९ मतअन्तरले पराजित गर्नुभएको हो । 

गौतम र खड्कावीच यो तेस्रो प्रतिस्पर्धा हो । २०७० को निर्वाचनमा खड्का निर्वाचित हुनुभएको थियो । २०७४ मा गौतम निर्वाचित हुनुभएको थियो । निर्वाचित खड्का पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री समेत हुनुहुन्छ ।

एक लाख १७ हजार ५५४ मतदाता रहेको सङ्खुवासभामा ६५ हजार ८९२ मत खसेको थियो । प्रतिनिधि सभामा २ स्वतन्त्रसहित १२ जनाको उम्मेदवारी परेको थियो । कांग्रेस र नेकपा (एमाले) बाहेक अन्य उमेदवारहरुले झिनो मत मात्र प्राप्त गरेका छन् ।