• १२ वैशाख २०८१, बुधबार

झापा क्षेत्र ४ (क) मा एमालेका खनाल निर्वाचित

blog

फाइल तस्बिर

झापा, मंसिर ९ गते । झापा क्षेत्र नम्बर ४ को प्रदेशसभा (क) मा नेकपा (एमाले) का राधाकृष्ण खनाल निर्वाचित हुनुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको  मत परिणामअनुसार खनालले १३ हजार नौ सय ५१ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का झलकसिंह दर्लामीले १२ हजार तीन सय ७३ मत प्राप्त गर्नुभयो । 

झापा क्षेत्र नं ४ को प्रदेशसभा (क) मा ३२ हजार दुई सय ५६ मत खसेकामा एक हजार छ सय सात मत बदर भएको निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिनुभयो ।