• ७ वैशाख २०८१, शुक्रबार

पाल्पा १ (ख) बाट एमालेका सारु विजयी

blog

रेखीराम राना

पाल्पा, मङ्सिर ९ गते । पाल्पा क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार खेमबहादुर सारु निर्वाचित हुनुभएको छ । सारु १४ हजार २९४ मतसहित विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालय रामपुरले जनाएको छ । 

निर्वाचित सारु पहिलो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका शङ्कर खनालले नौ हजार ५०५ मत ल्याउनुभएको सहायक निर्वाचन अधिकृत रामहरि पाण्डेयले जानकारी दिनुभयो ।