• १५ चैत २०८०, बिहिबार

पाल्पा क्षेत्र नम्बर १ मा एमालेका नारायणप्रसाद आचार्य विजयी

blog

रेखीराम राना

पाल्पा, मङ्सिर ९ गते। पाल्पा क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)का नारायणप्रसाद आचार्य विजयी हुनुभएको छ। 

आचार्य ३१ हजार १०३ मत ल्याएर विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार २५६ मत पाउनुभएको छ। 

यसअघि लुम्बिनी प्रदेशसभा सदस्य आचार्य पहिलो पटक प्रतिनिधि सभामा पुग्नुभएको हो।