• ८ वैशाख २०८१, शनिबार

मोरङ ६ (ख) मा सत्ता गठबन्धनका कार्की विजयी

blog

हरि कोइराला 

उर्लाबारी,मङ्सिर ९ गते । मोरङको निर्वाचन क्षेत्र नं. ६ (ख) बाट प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की विजयी हुनु भएको छ । नेपाली कांग्रेसका उहाँ संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएको थियो ।  

कार्की एमालेका नेता कृष्ण बस्नेत (पर्शुराम) लाई हराउँदै प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको हो । यसअघि सोही निर्वाचन क्षेत्रबाट विजयी हुनुभएका कार्की मोरङबाट दोहोरिएर प्रदेश सभा छिर्ने पहिलो सांसद हुनु भएको छ । 

कार्कीले १० हजार ४५० मत प्राप्त गर्नुभयो । एमाले उम्मेदवार कृष्ण बस्नेतले नौ हजार २७३ मत प्राप्त गर्नुभयो । कांग्रेसका दुई जना बागी उम्मेदवारले झण्डै २५ सय मत काटे पनि कार्कीले २७७ मतान्तरले कार्की विजयी हुनुभयो ।