• १६ चैत २०८०, शुक्रबार

उदयपुर १ को (ख) मा कांग्रेसका कार्की विजयी

blog

भक्तिविलास पोखरेल 

गाईघाट, मङ्सिर ९ गते । उदयपुरको निर्वाचन क्षेत्र १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्की निर्वाचित हुनुभएको छ । उहाँले १४ हजार ९७९ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्य पदमा विजयी हुनुभएको हो । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ईश्वरमणि राउतले १४ हजार ७६४ मत प्राप्त गर्नुभएको उदयपुरका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनुभयो । 

उदयपुरको त्रियुगा नगरपालिका ७ भाण्टावारी निवासी ५४ वर्षीय कार्की कांग्रेस जिल्ला सभापति एवम् प्रदेश नम्बर १ सरकारका सडक पूर्वाधार तथा सहरी विकास मन्त्री हुनुहुन्छ । 

२०४२ मा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएपछि राजनीतिक यात्रा सुरु गर्नुभएका कार्की यसअघि २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनुभयो । उहाँ यस पटक लोकतान्त्रिक वाम गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएको हो । उहाँ २१५ मतले प्रतिद्वन्द्वी एमालेका उम्मेदवार राउतलाई पछि पार्दै विजयी हुनुभयो । 

उदयपुरको प्रतिनिधि सभा क्षेत्र १ को प्रदेश सभा (ख) बाट विजयी हुनुभएका कांग्रेसका उम्मेदवार हिमाल कार्की । तस्बिर : भक्तिविलास पोखरेल