• १४ वैशाख २०८१, शुक्रबार

सप्तरी ४ (क) प्रदेशसभा सदस्यमा एसका न्यौपाने निर्वाचित

blog

देवरामप्रसाद यादव

सप्तरी, मङ्सिर ९ गते । सप्तरी क्षेत्र ४ को (क) बाट प्रदेशसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार गोविन्दबहादुर न्यौपाने निर्वाचित हुनुभएको छ । उहाँले एमाले जसपा गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार रहनुभएका बालकृष्ण चौधरी थारुलाई पराजित गरी निर्वाचित हुनुभएको हो ।

उहाँ थारुभन्दा ५ हजार ४२१ बढी मत ल्याएर निर्वाचित हुनुभयो । एकीकृत समाजवादीका  उम्मेदवार न्यौपानेले ११ हजार ४२९ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार थारुले ५ हजार ८ मत पाउनुभयो ।