• १४ वैशाख २०८१, शुक्रबार

गुल्मी १ को (ख) मा कांग्रेसका धनेन्द्र कार्की निर्वाचित

blog

नेपाली कांग्रेसका धनेन्द्र कार्की । फाइल तस्बिर

तिलाचन पाण्डे

तम्घास, मङ्सिर ९ गते । गुल्मी क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा गठबन्धनबाट नेपाली कांग्रेसका धनेन्द्र कार्की निर्वाचित हुनुभएको छ। कार्की १८ हजार ५९६ मत ल्याएर प्रदेश सभामा विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले जानकारी दिनुभयो ।

उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का फर्सु पाण्डे १७ हजार ९९१ मत ल्याएर पराजित हुनुभयो । कार्की ६०५ मतान्तरले विजयी हुनुभएको हो ।कार्की २०७४ सालमा सम्पन्न निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार कमलराज श्रेष्ठसँग पराजित हुनुभएको थियो। 

प्रतिनिधि सभामा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी निर्वाचित हुनुभएको छ।