• १५ चैत २०८०, बिहिबार

महोत्तरी ३ मा लोसपाका अध्यक्ष ठाकुर विजयी

blog

फाइल तस्बिर

महेशकुमार दास

जलेश्वर, मङ्सिर ९ गते । महोत्तरीको निर्वाचन क्षेत्र ३ प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर विजयी हुनुभएको छ । 

शुक्रबार साँझ सम्पन्न मतगणना परिणामअनुसार लोसपा अध्यक्ष ठाकुर आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई दुई हजार पचास मतान्तरले निर्वाचित हुनुभएको हो । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार समेत रहनु भएका अध्यक्ष ठाकुर १६ हजार ३७५ मत ल्याएर विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका हरिनारायण यादवले १४ हजार ३२५ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनाको सुरुवाती चरणमा स्वतन्त्र उम्मेदवार रामआधार कापर अग्रस्थानमा रहे पनि अन्तिम परिणाम आउँदासम्म उहाँ १२ हजार ७३३ मत ल्याएर तेस्रो स्थानमा खुम्चिनुभयो ।  

यसअघि २०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा अध्यक्ष ठाकुर सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।