• १६ चैत २०८०, शुक्रबार

कालीकोटमा माओवादी केन्द्रका शाही निर्वाचित

blog

कालीकोटबाट गठबन्धनमा निर्वाचित माओवादी नेता महेन्द्रवहादुर शाही । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, मङ्सिर ९ गते । कालीकोटको एक मात्र प्रतिनिधि सभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार महेन्द्रवहादुर शाही निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशका पूर्व  मुख्यमन्त्री समेत रहनुभएका शाहीले एमालेका केन्द्रीय सदस्य नगीन्द्र शाहीलाई आठ हजार ६४ मतले पछि पार्दै विजयी बन्नु भएको हो । 

शाहीले २४ हजार ४७४ मत ल्याएर विजय हासिल गर्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेका शाहीले १६ हजार ४१० मत प्राप्त गर्नुभयो । माओवादीका पोलिटब्युरो सदस्य समेत रहनुभएका शाही यसभन्दा अघि पनि कालीकोटबाटै निर्वाचित हुनुभएको थियो । 

एक मात्र प्रतिनिधि सभा सदस्य क्षेत्र रहेको कालीकोटमा सात जना उम्मेदवार प्रतिस्पर्धामा थिए । जसमा राप्रपाका धनबहादुर बुढाले एक हजार ५६३, नेमकिपाका खड्गराज शाहीले एक हजार ८९ मत ल्याउनुभयो ।

माओवादीबाट विद्रोह गरी स्वतन्त्र लड्नु भएका काशिचन्द्र बरालले आठ सय ९३ मत ल्याउनुभयो । जम्मा खसेको मतमा दुई हजार ४१ मत बदर हुनुभयो ।