• ६ वैशाख २०८१, बिहिबार

धनुषा १ (ख) प्रदेशसभा सदस्यमा एमालेका मण्डल निर्वाचित

blog

धर्बेन्द्र झा

धनुषा, मङ्सिर ९ गते । धनुषा क्षेत्र १ को (ख) बाट प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार रामचन्द्र मण्डल निर्वाचित हुनुभएको छ । उहाँले सत्ता गठबन्धनको तर्फबाट लोसपाका उम्मेदवार रहनुभएका सञ्जयकुमार सिंहलाई पराजित गरी निर्वाचित हुनुभएको हो ।

उहाँ सिंहभन्दा तीन हजार १७८ मत बढी ल्याएर निर्वाचित हुनुभयो । एमालेका उम्मेदवार मण्डलले १३ हजार ५७५ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी लोसपाका उम्मेदवार सिंहले १० हजार ५७५ मत ल्याउनुभयो ।