• १५ चैत २०८०, बिहिबार

सुनसरी क्षेत्र १ (क) मा एमालेका बस्नेत विजयी

blog

फाइल तस्बिर

सुनसरी, मंसिर ९ गते । सुनसरी क्षेत्र न १ को प्रदेशसभा (क) मा नेकपा (एमाले) का उम्मेदवार रमेशकुमार बस्नेत विजयी हुनुभएको छ । आज सार्वजनिक भएको प्रदेशसभाको अन्तिम मत परिणामअनुसार बस्नेतले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश थापालाई एक हजार ३५० मतान्तरले पराजित गर्नुभएको हो । 

बस्नेतले ११ हजार एक सय दुई तथा कांग्रेसका थापाले नौ हजार ७५२ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभा (क) मा कुल ३९ हजार सात सय १३ मत खसेकामा ३७ हजार नौ सय ४२ मत सदर भएको थियो ।