• ८ वैशाख २०८१, शनिबार

स्याङ्जा क्षेत्र नं. १ (ख) बाट एमालेका सुधिर विजयी

blog

अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर ९ गते ।
स्याङ्जा जिल्लाको क्षेत्र नं. १ को प्रदेश सभा सदस्य (ख) बाट नेकपा (एमाले) का सुधिरकुमार पौडेलले जित निकाल्नु भएको छ ।

यस्तै, प्रदेश सभा सदस्यमा पहिलो पटक निर्वाचित पौडलेले कांग्रेसका बुद्धिबहादुर रानालाई छ मतले पराजित गर्नुभएको हो ।

पौडेल र रानाबीच अन्तिमसम्म रस्सा कस्सी छ । सदर ३७ हजार ८०८ मतमा पौडेलले १७ हजार ४४१ र रानाले १७ हजार ४३५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, यसअघि प्रदेश कमा एमाले केन्द्रीय कमिटि सदस्य सीता कुमार सुन्दासले माओवादी केन्द्र स्थायी कमिटि सदस्य अमृता थापालाई एक हजार ४२४ मतले पराजित गर्दै जित निकाल्नु भएको थियो ।