• ६ वैशाख २०८१, बिहिबार

रुकुमपश्चिम प्रदेशसभा (ख) बाट शर्मा विजयी

blog

रुकुमपश्चिमबाट प्रदेशसभा निर्वाचन क्षेत्र नं. (ख) बाट विजयी राजकुमार शर्मा । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुमपश्चिम, मङ्सिर ९ गते । 
रुकुमपश्चिम प्रदेशसभा (ख) बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार राजकुमार शर्मा विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रदेशसभा (ख) मा माओवादी केन्द्रका राजकुमार शर्माले २० हजार १६० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कर्णबहादुर घर्ती मगरले आठ हजार ८७ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्जल केसीले एक हजार १०७ मत प्राप्त गर्नुभएको छ ।