• १ जेठ २०८१, मङ्गलबार

रुकुम पश्चिमबाट अर्थमन्त्री शर्मा चौथो पटक विजयी

blog

राजु लामिछाने 

रुकुम पश्चिम, मङ्सिर ९ गते । अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका नेकपा माओवादी केन्द्रका उपमहासचिव शर्मा रुकुम पश्चिमबाट चौथो पटक निर्वाचित हुनुभएको हो ।  

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शर्माले ३९ हजार ५४९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँले नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटालाई २६ हजार ५८८ मतले पराजित गर्नुभएको छ । एमालेका देवकोटाले १२ हजार ९६१ मत ल्याउनुभएको छ । 

त्यसै गरी स्वतन्त्र उम्मेदवार तारक केसीले ती हजार ५६७, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक मल्लले ७९६, मङ्गोल नेशनल अर्गानाईजेशनका हरिबहादुर पुनले २०८ र स्वतन्त्र उम्मेदवार राजन पाण्डेले २१४ मत प्राप्त गर्नुभएको छ ।