• ७ वैशाख २०८१, शुक्रबार

सर्लाही ३ (क) मा स्वतन्त्र उम्मेदवार कुशवाहा विजयी

blog

जनार्जन खत्री

सर्लाही, मङ्सिर ८ गते । सर्लाहीको क्षेत्र नम्बर ३ (क) बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवार जवाहर लाल कुशवाहा विजयी हुनुभएको छ । 

१६ हजार ५९१ मत सहित जेब्रा चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार कुशवाहाले जीत निकाल्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गणेशप्रसाद प्रसाईँले १५ हजार १६६ मत प्राप्त गर्नुभयो । 

केही समयअघि प्रदेश सभा सदस्यको टिकट पाउने शर्तमा माओवादी प्रवेश गरे पनि अन्तिम समयमा यो प्रदेश सभा सत्ताधारी गठबन्धनअन्तर्गत नेकपा एकीकृत समाजवादीले पाएपछि कुशवाहाले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

सत्ता गठबन्धनको तर्फबाट समाजवादीका उम्मेदवार डिल्ली प्रसाद उप्रेतीले भने पाँच हजार ३७२ मत मात्रै पाउनुभयो । 

कुशवाहालाई माओवादीका नेता, कार्यकर्ताकै साथ थियो । गठबन्धनको उम्मेदवारलाई नसघाएर स्वतन्त्रलाई सघाएको भन्दै यहाँ चर्को विवादसमेत रहेको थियो ।