• १४ वैशाख २०८१, शुक्रबार

सङ्खुवासभा प्रदेशसभा (क) मा माओवादी केन्द्रका राजेन्द्र कार्की विजयी

blog

ध्यान कुलुङ
सङ्खुवासभा, मङ्सिर ९ गते ।
 सङ्खुवासभा प्रदेशसभा (क) बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राजेन्द्र कार्की विजयी हुनुभएको छ ।

निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार भविश्वर गुरुङलाई ३४ मतान्तरले हराउनुहुँदै कार्की विजयी हुनुभएको हो ।

कार्कीले १३ हजार ४३३ मत प्राप्त गर्नुभएको छ भने गुरुङले १३ हजार ३९९ मत प्राप्त गर्नुभएको छ । प्रदेश सभा (क) मा ३१ हजार ५०४ मत खसेको थियो ।