• १५ वैशाख २०८१, शनिबार

सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी

blog

जनार्जन खत्री
सर्लाही, मङ्सिर ९ गते ।  
सर्लाहीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार डा. अमरेशकुमार सिंह निर्वाचित हुनुभएको छ ।

स्वतन्त्रबाट माछा चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिनुभएको सिंह २० हजार १७ मत प्राप्त गर्दै तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो ।

उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्रकुमार रायले १८ हजार २५३ मत प्राप्त गर्नुभयो । सिंहले रायलाई एक हजार ७६४ मतान्तर पराजित गर्दै विजय हुनुभएको हो ।

यस्तै, अर्का स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गर्नुभएको छ । आफूलाई रातो पासपोर्ट दुरुपयोगको आरोप लागेपछि संविधान सभाका सदस्य शिवपुजन रायले यो पटक छोरी मधुमालालाई उम्मेदवार बनाउनुभएको थियो ।

आफ्नै छोरीलाई गठबन्धनविरुद्ध बागी उम्मेदवार उठाएको भन्दै नेकपा (माओवादी केन्द्र)ले रायलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशिन गरिसकेको छ । त्यस्तै, कांग्रेसले पनि पार्टीकै उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै नेता डा. अमरेशकुमार सिंहलाई पार्टीबाट निष्कासन गरेको छ ।