कैलाली १ (ख) मा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर विजयी
कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख) बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लक्ष्मणकिशोर चौधरी ११ हजार ३१७ मत ल्याई विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली का्ंगे्रसका उम्मेदवार डा. रणबहादुर रावलले आठ हजार ५३ मत पाउनु भएको छ ।
रौतहट ४ मा कांग्रेसका देवप्रसाद तिमिल्सिना विजयी
रौतहटको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना दोस्रो पटक निर्वाचित हुनु भएको छ ।
समानुपातिकमा एमाले अगाडि, कांग्रेस दोस्रो र रास्वपा तेस्राे
मानुपातिक निर्वाचनमा मतगणनाको आधारमा प्रतिनिधिसभातर्फ नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ । निर्वाचन आयोगको दिउँसो १ बजेको तथ्याङ्कअनुसार एमालेले पाँच लाख ४७ हजार ३१९ मत प्राप्त गरेको छ ।
डडेल्धुरा प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवार जोशी निर्वाचित
डडेल्धुरा प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी निर्वाचित हुनुभएको छ । उहाँले ११ हजार १ सय ७० मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
कांग्रेस नेता शशाङ्क कोइराला लगातार चौथो पटक विजयी
नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी हुनुभएको छ ।
डडेल्धुरा प्रदेशसभा (क) मा माओवादीका भट्ट विजयी
डडेल्धुराको प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट विजयी हुनुभएको छ । उहाँले १२ हजार ११२ मतका साथ विजयी हुनुभएको हो ।
डोल्पा प्रदेश (क)मा नेकपा एमालेका उम्मेदवार बुढा विजयी
डोल्पा प्रदेश निर्वाचन क्षेत्र (क) बाट नेकपा एमालेका उम्मेदवार शेरबहादुर बुढा भारी मतले प्रदेश सभासदस्यमा निर्वाचित हनुभएको छ ।
मकवानपुर १ मा राप्रपाका सिंह विजयी
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंह विजयी हुनुभएको छ ।
झापा ४ मा एमालेका लालप्रसाद साँवा विजयी
झापा क्षेत्र नम्बर ४ मा एमालेका लालप्रसाद साँवा (एलपी) विजयी हुनुभएको छ । साँवाले नेपाली कांग्रेसका उम्मेदवार कांग्रेस जिल्ला सभापति देउकुमार थेबेलाई ६ हजार ८६७ मतअन्तरले पराजित गर्दै साँवा बिजयी हुनुभएको हो ।
इलाम क्षेत्र १ मा मतगणना सुचारु हुन सकेन
इलाम जिल्ला निर्वाचन क्षेत्र १ को मतगणना कार्य अझ सुचारु हुन सकेको छैन । मङ्गलबार राति १० बजेबाट अवरुद्ध मतगणना कार्य निर्वाचन अधिकृतको त्रुटीका कारण सुचारु हुन नसकेको बताइएको छ ।
भक्तपुर –२ मा कांग्रेसका थापा विजयी
भक्तपुर – २ मा नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री विजयी हुनुभएको छ । निर्वाचन अधिकृत लोकनाथ पराजुलीका अनुसार थापाले २४ हजार २३९ मत प्राप्त गर्नुभएको छ ।
झापा ५ (क) प्रदेश सभा सदस्यमा थापा विजयी
झापा ५ (क) बाट प्रदेश सभा सदस्यमा नेकपा (एमाले) का होमबहादुर थापा विजयी हुनुभएको छ । नेकपा (मावोबादी केन्द्र) का गगन पुरीलाई पराजित गर्दै थापा बिजयी हुनु भएको हो । थापाले २४ हजार १२९ मत प्राप्त गर्नुभएको छ ।
बैतडीमा माओवादीका कुँवरको अग्रता
एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बैतडीमा नेकपा (माओवादी केन्द्रका) का उम्मेदवार नरेन्द्र कुँवर (विजयसुन्दर) ले अग्रता लिनुभएको छ ।
सिन्धुली–१ मा कांग्रेसका घिमिरे निर्वाचित
सिन्धुली – १ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका श्यामकुमार घिमिरे चार हजार ८५३ मत अन्तरसहित विजयी हुनुभएकाे ।
रौतहट १ मा एसका अध्यक्ष माधवकुमार नेपाल विजयी
रौतहट १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी हुनुभएकाे छ । उहाँले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गर्नुभएकाे हाे ।
कञ्चनपुर १ (क) मा एमालेका थापा विजयी
कञ्चनपुर निर्वाचन क्षेत्र नं १ (क) प्रदेशसभा सदस्यमा नेकपा (एमाले)का वीरबहादुर थापा विजयी हुनुभएको छ ।
भक्तपुर १ मा नेमकिपाका प्रेम सुवाल विजयी
भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाका अनुसार सुवालले ४२ हजार ७६१ मत प्राप्त गर्नु भएको छ ।
भक्तपुर १ प्रदेशसभा (ख)मा नेमकिपाका गोसाइँ विजयी
भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (ख) मा नेपाल मजदूर किसान पार्टीका उम्मेदवार सुरेन्द्रराज गोसाइँ विजयी हुनुभएको छ ।
ताप्लेजुङ (क) मा एमालेका मेन्याङ्बो निर्वाचित
ताप्लेजुङको निर्वाचन क्षेत्र (क) मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार तिलकुमार मेन्याङ्बो निर्वाचित हुनुभएको छ ।
कपिलवस्तु २ को प्रदेशसभा (क) मा एमालेका लामिछाने विजयी
कपिलवस्तुको क्षेत्र नं. २ को प्रदेश सभा (क) मा नेकपा (एमाले) का नवराज लामिछाने विजयी हुनु भएको छ । लामिछानेले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विक्रम सिंह थापालाई ५२२ मत अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।
चितवन-२ मा रवि लामिछाने विजयी
चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भारी मतान्तरले निर्वाचित हुनुभएको छ ।
बाँके-१ मा एमालेको अग्रता
बाँके क्षेत्र नम्बर १ को मतगणना अन्तिम चरणमा पुग्दा एमालेका केन्द्रीय सदस्य सूर्य ढकालले अग्रतालाई फराकिलो पार्दै गएका छन् ।
चितवन २ ख बाट प्रदेश सभामा कांग्रेसका उत्तम जोशी निर्वाचित
चितवन २ ख बाट वागमति प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका उत्तम जोशी निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी भन्दा ५६२ मत बढी ल्याएर जित्नु भएको हो ।
कैलाली १ (क) मा नागरिक उन्मुक्तिका कैलाश विजयी
कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (क) बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार कैलाश चौधरी विजयी हुनुभएको छ । चौधरीले १५ हजार १०१ मत प्राप्त गर्नुभएको छ ।