• ८ वैशाख २०८१, शनिबार

रौतहट ४ मा कांग्रेसका देवप्रसाद तिमिल्सिना विजयी

blog

यादवराज पुरी
चन्द्रपुर, मङ्सिर ८ गते ।
रौतहटको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना दोस्रो पटक निर्वाचित हुनुभएको छ ।

बिहीबार आएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा विजयी हुनुभएका तिमिल्सिनाले ३४ हजार १६१ मत प्राप्त गर्नुभएको छ ।

उहाँले निकटम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार उद्धवप्रसाद रेग्मीलाई सात हजार ६०२ मतले पराजित गर्नुभएको हो । रेग्मीले २६ हजार ५५९ मत प्राप्त गर्नुभएको छ ।

यसअघि तिमिल्सिना २०७४ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।