• १२ वैशाख २०८१, बुधबार

झापा ४ मा एमालेका लालप्रसाद साँवा विजयी

blog

लीलाराज खड्का 

बिर्तामोड, मङ्सिर ८ गते । झापा क्षेत्र नम्बर ४ मा एमालेका लालप्रसाद साँवा (एलपी)  विजयी हुनुभएको छ । साँवाले नेपाली कांग्रेसका उम्मेदवार कांग्रेस जिल्ला सभापति देउकुमार थेबेलाई ६ हजार ८६७ मतान्तरले पराजित गर्दै  साँवा विजयी हुनुभएको हो ।

बिहीबार सार्वजनिक भएको अन्तिम मतगणनामा एमालेका साँवाले २९ हजार ३१५ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी देउकुमार थेबेले २२ हजार ४४८ मत ल्याउनुभयो । झापा ४ मा तेस्रो स्थानमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकाल सुस्केराले १४ हजार ६९ मत ल्याउनुभयो । यसअघि २०७४ को निर्वाचनमा समेत साँवाले कांग्रेसका थेबेलाई पराजित गर्नुभएको थियो । 

झापा क्षेत्र नं. ४ मा १ लाख २३ हजार १२४ कुल मतदाता रहेको यस क्षेत्रमा ७९ हजार ४८३ मतगणना भएको थियो । ४ हजार ६४७ मत बदर भएको थियो ।  झापा ४ को (क) र (ख) प्रदेशमा समेत एमालेका राधाकृष्ण खनाल र राप्रपाका भक्ति सिटौला jlजयी हुनुभएको छ । यद्यपि अन्तिम घोषणा हुन बाँकी छ ।