• १४ वैशाख २०८१, शुक्रबार

कपिलवस्तु २ को प्रदेशसभा (क) मा एमालेका लामिछाने विजयी

blog

एमालेबाट विजयी प्रदेशसभा सदस्य नवराज लामिछाने । तस्बिरः नारद कोहार

नारद कोहार
तौलिहवा, कात्तिक ८ गते ।
 कपिलवस्तुको क्षेत्र नं. २ को प्रदेश सभा (क) मा नेकपा (एमाले) का नवराज लामिछाने विजयी हुनु भएको छ ।

लामिछानेले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विक्रम सिंह थापालाई ५२२ मत अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।

प्रदेशसभा सदस्यमा विजयी लामिछाने २१ हजार १३६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी सिंहले २० हजार ६१४ मत प्राप्त गर्नुभएको छ । लामिछाने विजयी भए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा घोषणा भने गरेको छैन ।