• ७ वैशाख २०८१, शुक्रबार

डडेल्धुरा प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवार जोशी निर्वाचित

blog

हिक्मत सिंह 

डडेल्धुरा, मङ्सिर ८ गते । डडेल्धुरा प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी निर्वाचित हुनुभएको छ । उहाँले ११ हजार १ सय ७० मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । 

उहाँका प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज बोहरा ४ सय २५ मतले पराजित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी बोहराले १० हजार  ९ सय ७० मत पाउनुभयो । 

कुल ९१ हजार २०१ मतदातामध्ये ५१ हजार २०३ मतदाताले मतदान गर्नुभएको थियो । जसमा प्रदेश सभा (क) मा २५ हजार ३६१ मत खसेकाे थियो भने प्रदेश सभा (ख) मा २५ हजार ९०३ मत खसेको मुख्य निर्वाचत अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो ।