• १२ वैशाख २०८१, बुधबार

कैलाली १ (क) मा नागरिक उन्मुक्तिका कैलाश विजयी

blog

एकिन्द्र तिमिल्सेना
टीकापुर, मङ्सिर ८ गते । 
कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (क) बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार कैलाश चौधरी विजयी हुनुभएको छ । चौधरीले १५ हजार १०१ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार दीर्घराज विनाडीले १० हजार ३७७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, राप्रपाका भीमबहादुर बमले चार हजार ६० र जसपाका भगतराम थारुले दुई हजार २७८ मत प्राप्त गर्नुभएको छ । ३४ हजार ४८५ मत खसेकोमा एक हजार ११४ मत बदर भएको छ ।