शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मध्यबिन्दु, मङ्सिर ८ गते । नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी हुनुभएको छ । उहाँ नेपाली कांग्रेसका पूर्व महामन्त्री हुनुहुन्छ ।
निकै प्रतिस्पर्धाबीच कोइराला दुई हजार ८२ मत अन्तरले विजयी हुनुभएको हो ।उहाँ गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार १२६ मत आउँदा नेकपा (एमाले)का कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो ।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमको पक्षमा २३ हजार तीन सय एक मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।